२ कार्तिक २०८३, सोमबार

‘कान्छी’ बन्दै श्वेता खड्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री श्वेता खड्का ‘कान्छी’ को रुपमा देखिने भएकी छन् ।

आफ्नो होम प्रोडक्सनमा ‘कान्छी’ नामक फिल्म निर्माणको तयारी गरेकी श्वेता लामो समयपछि फिल्ममा फर्किँदै छिन् । उनी स्वर्गीय पति अभिनेता श्रीकृष्ण श्रेष्ठको सुपरहिट फिल्म ‘कोहिनुर’पछि पर्दामा देखिएकी थिइनन् ।

ग्रामीण परिवेशको कथामा श्वेता शीर्ष भूमिकामा रहने निर्देशक आकाश अधिकारीले जानकारी दिए । निर्देशक आकाशले कान्छीको सुटिङ जेठ दोस्रो सातादेखि सुरु हुनेछ । फिल्मका लागि अहिलेसम्म श्वेता र दयाहाङ राई मात्र फाइनल भएका छन् ।