मुम्बई । कुनै बेलाकी चर्चित हिरोइन निशा नूरले ८० को दशकमा रजनीकान्तदेखि कमल हसनसम्मका हिरोहरुसंग काम गरेकी थिइन् । साउथ फिल्म इन्डस्ट्रीमा उनले आफ्नो छुट्टै पहिचान बनाएकी थिइन् ।
उनीसंग थुप्रै निर्माता निर्देशक काम गर्न इच्छुक हुन्थे । तर, तिनै हिरोइन निशा पछि बेसाहारा बनिन् र मरणासन्न अवस्थामा सडकमा भेटिइन् । केही समयपछि संसारबाट विदा समेत लिइन् ।
निशा नूरलाई एक फिल्म निर्माताले धोका दिएर बेश्याबृत्ती कार्यमा धकेलिदिए । जब उनलाई त्यो कार्यमा लगाइयो, तब उनीप्रति कसैको ध्यान गएन । उनले साउथ फिल्म इन्डष्ट्रीबाट विदा लिनुपर्यो ।
जसले उनलाई फिल्म क्षेत्रमा लिएका थिए, उनले पनि कुनै सोधीखोजी गरेनन् । एक दिन उनी मरणासन्न अवस्थामा सडकमा भेटिइन् । केही मानिसले उनलाई अस्पताल पुर्याए । अस्पतालमा उनलाई एड्स लागेको खुल्यो । विस्तारै उनी शिथिल हुँदै गइन् र २००७ मा ज्यान गुमाइन् ।
एक वेबसाइटका अनुसार निशा नूरलाई नागोर दरगाह नजिकै मरणासन्न अवस्थामा भेटाइएको थियो । जुन बेला उनको शरीरमा किरा परेका थिए भने झिंगा भन्किरहेका थिए । उनीसंग कोही पनि थिएन ।
















प्रतिक्रिया