२ कार्तिक २०८३, सोमबार

अभिनेत्री भावनाको अपहरण ! जीपमा हालेर बाटोभरी छेडछाड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतको मलयालम फिल्मकी चर्चित अभिनेत्री भावना शुक्रबार राति अपहरणमा परेकी छन् । उनको साथमा छेडछाड पनि गरिएको छ ।

फिल्मको शुटिंग सक्काएर घर फर्किने क्रममा बाटो जबरजस्त कारबाट उतारेर उनको अपहरण गरिएको हो ।

उनलाई अपहरण गर्न केही मानिसहरु राति उनको पिछा गरिरहेका थिए । पछाडीबाट गाडीमा ठक्कर दिएपछि रोकेर बाहिर हेर्दा अज्ञात समूहले उनलाई उठाएर आफ्नो गाडी हाली लगेको थियो । बाटोमा अपहरणकर्ताले उनसँग छेडछाड अर्थात यौन दुर्व्यवहार समेत गरेका थिए ।

त्यहीबेला बाटोमा उनी अपहरणकर्तालाई झुक्याएर भाग्न सफल भएको र फिल्म निर्देशकको सहयोगमा घटना लगत्तै प्रहरीमा उजुरी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई अपहरण गरेको आशंकामा उनका पूर्व ड्राइभरलाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले अपहरण तथा शरीर बन्धक ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ ।