काठमाडौं, ६ फागुन । राजधानीको बालाजुमा सडक दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो गंगाहलस्थित सडकमा एकै दिशाबाट तीव्र गतिमा आइरहेको ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले बा.७७ प ३२०८ नम्बरको स्टुकरलाई ठक्कर दिँदा स्कुटर चालक मकवानपुर मनहरी घर भएकी ३८ बर्षीया रिना कुमारी राई र स्कुटर पछाडी सवार धादिङ्ग घर भएकी ३० बर्षीया सोनिया थापाको मृत्यु भएको बालाजु बृतका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।
प्रहरीका अनुसार राईको उपचारार्थ लैजाने क्रममा बाटोमै र घाईते भएकी स्कुटर पछाडी सवार धादिङ्ग घर भएकी थापाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनास्थलमा ट्रकको ठक्करबाट पछाडी बसेकी रिनाकुमारी राई सडकमा पछारिएकी थिइन । ट्रकले राईलाई त्यहीँ किचेको थियो ।
स्कुटर र मान्छे ढलेपछि चालक ट्रक छाडेर भागेको र ड्राइभर विनाको ट्रक गुडेर स्कुटर चलाउने सोनिया थापालाई किचेको डीएसपी तामाङले बताए ।
घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको छ ।















प्रतिक्रिया