१ कार्तिक २०८३, आइतबार

सीके राउतका समर्थकको कार्यक्रममा गृहमन्त्री निधि प्रमुख अतिथि, भारतीय नेताले के भने ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ६ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ‘स्वतन्त्र मधेस गठबन्धन’का संयोजक एवं पृथकतावादी अभियन्ता सीके राउत समर्थक संस्थाको कार्यक्रममा प्रमुख अतिथि भएर उपस्थित भएका छन् ।

माघ २४ गते धनुषाको जनकपुरस्थित एक कार्यक्रममा नेपालको अखण्डतासँग खेलबाड गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका मन्त्री निधि पृथकतावादी सीके राउत समर्थित संस्थाको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित भएका हुन् ।

जनकपुरमा आयोजित कार्यक्रममा उनले कसैले राष्ट्रिय अखण्डतालाई विथोल्न खोजेमा सरकार चुप लागेर नबस्ने चेतावनी समेत दिएका थिए ।

तर, विहिबार (हिजो)देखि जनकपुरमै सुरु भएको सीके राउत पक्षधरको नेपाल–भारत सम्बन्ध सम्वाद कार्यक्रममा उपस्थित भएर गृहमन्त्री निधिले भाषण समेत गर्न भ्याए ।

उक्त कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो ।

कार्यक्रममा भारतीय नेतादेखि मधेसवादी दलका नेतासम्म

कार्यक्रममा नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जी, भारतीय राजदूत रञ्जित रे मधेसवादी दलका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, भाजपा नेता सञ्जय पासवान, सांसद अमरेशकुमार सिंहलगायत सहभागी थिए ।

उनीहरुले नेपालको संविधानमा तीव्र असन्तुष्टि जनाउँदै मधेसीका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा मधेसवादी र भारतीय नेताको असन्तुष्टि सुनेका गृहमन्त्री निधिले नेपालको स्वाधीनतालाई भारतले सम्मान गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको स्पष्ट पारे । र, मधेसका मागलाई संविधान संशोधन गरी सम्बोधन गरिने प्रतिबद्धता जनाए ।