मुम्बई । लेजण्डरी बलिउड अभिनेता एवं महानायक अमिताभ बच्चनले फिल्मी उद्योगमा आफ्नो ४८ वर्ष पूरा गरेका छन् । बलिउडमा अमिताभलाई ‘बीग बी’ भनेका पनि चिनिन्छ ।
उमेरको यो इनिंगमा पनि ‘बीग बी’का करोडौं प्रशंसक छन् र यसको उनी खास ख्याल राख्छन् । सामाजिक सञ्जालबाट आफ्ना फ्यानसँग सम्वाद स्थापित गर्ने अमिताभले बुधबार एक ट्वीटमार्फत आफ्नो यात्रासँग जोडिएका सुरुवाती तस्वीरहरु सार्वजनिक गरेका छन् ।
यस्ता छन् अमिताभको लामो फिल्मी यात्रा र उनका केही रोचक तथ्यः
१) अमिताभ बच्चनले १५ फ्रेवअरी १९६९ का दिन आफ्नो करियरको पहिलो फिल्म ‘सात हिन्दूस्तानी’मा हस्ताक्षर गरेका थिए । उनले यो सँग जोडिएका केही तस्वीरहरु पनि ट्वीटरमा शेयर गरेका छन् । यद्यपी अमिताभ आमिर खानसँग आगामी फिल्म ‘ठग्स अफ हिन्दोस्ता’का लागि तयारी गरिरहेका छन् ।
२) ७४ वर्षको उमेरमा ‘पिंक’ फिल्ममा दमदार अभिनय गरेका अमिताभको सुपरहिट फिल्म ‘अग्निपथ’लाई पनि २७ वर्ष पूरा भएको छ ।
३) जुन व्यक्ति (अमिताभ)का करोडौं फ्यान छन्, उनी आफू अभिनेता दिलीप कुमार र अभिनेत्री आशा पारेखका फ्यान हुन् ।
४) अमिताभ आफ्नो पूरा करियरका दौरान समयको पाबन्दी र अनुशासनमा निकै ध्यान दिन्थे । सायद यहि कारण आज उनी बलिउड उद्योगमा सुपरस्टार बनेका छन् । ११ अक्टुबर १९४२ मा जन्मिएका अमिताभ बच्चन आज पनि आफ्नो दमदार अभिनय र बुलन्द आवाजले बलिउडमा राज गरिरहेका छन् ।
५) सामाजिक सञ्जालमा क्रियाशिल रहँदै आएका अमिताभका ट्वीटरमा करिब २५ मिलियन फ्लोर्स छन् ।
५) अमिताभले करियरको सुरुवातमा आकाशवाणीमा बतौर अनाउन्सरका लागि आवेदन दिएका थिए तर खारेज भयो । त्यसपछि उनले कोलकातामा सुपरवाइजरका रुपमा करियर सुरु गरेका थिए र त्यो बेला उनलाई मासिक तलब ८०० रुपैयाँ पाइन्थ्यो ।
६) अमिताभका २० फिल्म फ्लप भइसकेपछि पहिलो हिट आएको थियो । यो फिल्मको नाम थियो ‘जंजीर’ । सिनेमामा अभूतपूर्व योगदानका लागि अमिताभलाई १९८४ मा पद्मश्री र २००१ मा पद्म भूषण पुरस्कारबाट सम्मान गरिएको थियो ।
७) पूर्व प्रधानमन्त्री राजीव गान्धीसँग नजिक रहेका अमिताभ बच्चनको राजनीतिसँग पनि नाता रह्यो । उनी इलाहाबादबाट सांसद पनि बने तर उनलाई यो क्षेत्र मन परेन र तीन वर्षपछि राजनीतिबाट पूर्ण रुपमा अलग भए ।
८) जवान हुँदा अमिताभ बच्चन चुरोट र रक्सी सेवन गर्थे । चुरोटमा त उनले रेकर्ड नै तोडेका थिए किनकि उनी दिनमा २०० सम्म चुरोट पिउथे । यद्यपी वितेका केही वर्षयता उनले यी सबैलाई किनारा लगाइदिए । अब उनी शुद्ध शाकाहारी छन् ।
९) विवादहरुसँग पनि अमिताभको नाता रह्यो । अमिताभ बच्चनमाथि १९८४ मा शिख दंगामा शिख जातिविरुद्ध भावना भड्काएको आरोप पनि लाग्यो । त्यसपछि बोफोर्स घोटाला र पनामा पेपर्स लीकमा पनि उनको संलग्नता रहेको आरोप लाग्यो ।
हेर्नुस् फोटोहरुः






















प्रतिक्रिया