१ कार्तिक २०८३, आइतबार

मुल्यवान पदक बेच्दै महावीर पुन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । सामाजिक अभियन्ता महावीर पुनले आफ्ना सबै पदक र मेडल बिक्री गर्ने घोषणा गरेका छन् ।

हाल राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि रातदिन खटिरहेका पुनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो २५ वर्ष लामो समय समाज सेवामा सक्रिय हुँदाका सबै पदक बिक्री गर्ने घोषणा गरेका हुन् ।

उनले बिक्री गर्ने पदकको लिस्टमा ‘रोमन म्यागासेसे पदक’ समेत राखिएको छ । पदक बेच्न पुनले एउटा शर्त पनि राखेका छन् । त्यो भनेको पदक संग्रह गर्न चाहेको भए मात्र ।

पदकहरुलाई उपयोगी बनाउन र उत्पादन मुलक बनाउन आफूले बेच्ने निर्णय लिएको पुनको भनाई छ ।

कुन कुन मेडल विक्रीमा ?

म्यागासेसे पदक, राष्ट्रदीप, नेपाल सरकारबाट प्राप्त दुई मेडल, युएसएबाट प्राप्त इन्टरनेट हल फेम, युएसएबाटै प्राप्त अनर ग्राज्याजुएट युर्निभरसिटी अफ नेब्रास्का र डा. हर्क गुरुङ पर्वतीय पुरस्कारलगायत रहेका छन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा तक्मा अर्थात् मेडल संग्रह गर्न इच्छुकलाई सम्पर्क गर्न आग्रह गरेका छन् । ‘मैले २५ वर्षसम्म समाज सेवाको काम गर्दा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्था र नेपाल सरकारबाट समेत गरेर विभिन्न किसिमका पदक पाएको छु, ती पदक कोठाको कुनामा बसिरहेका छन्’, पुनले लेखेका छन, ‘यदि पुराना पदकहरुको संग्रहकर्ता कोही हुनुहुन्छ र मैले पाएका पदक किनेर सुरक्षित साथ संग्रह गर्न चाहनुुन्छ भने इमेलमा सम्पर्क गर्नुहोला ।’

https://www.facebook.com/mahabir.pun/posts/10154846242985479