२ कार्तिक २०८३, सोमबार

‘मेरो देश’ राष्ट्रप्रेमले भरिपूर्ण फिल्म : निशा अधिकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका निशा अधिकारीले शुक्रबारबाट अल नेपाल रिलिज हुँदै गरेको आफू अभिनित फिल्म ‘मेरो देश’ राष्ट्रभक्तिले ओतप्रोत रहेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो देश राम्रो फिल्म बनेको छ । यसबाट मैले राम्रो आश लिएकी छु ।’

‘मेरो देश’लाई उदय सापकोटाले निर्माण गरेका हुन् । फिल्ममा निर शाहको विशेष भूमिका छ । निशालाई नायक आयूष रिजालले साथ दिएका छन् । राजधानीसहित तराईका विभिन्न जिल्लाहरूमा छायाँकन गरिएको ‘मेरो देश’मा आयूषले पत्रकारको भूमिका निभाएका छन् ।

शुक्रबारबाट रिलिजको तयारीमा रहेको ‘मेरो देश’को प्रचार प्रसारमा आफै खटिएकी निशाले भनिन्, ‘मेरा शुभेच्छुक सबैलाई फिल्म हेर्न आग्रह गर्छु । फिल्म राम्रो बनेको छ ।’

फिल्मका कार्यकारी निर्माता उदय सापकोटाले पनि ‘मेरो देश’ शुक्रबारबाट रिलिजका लागि सम्पूर्ण तयारी पूरा भएको बताए । उनले भने, ‘फिल्म रिलिजका लागि तयारी अवस्थामा बसेका छौँ । राजधानीसहित मुलुकभरिका अधिकांश हलहरूमा ‘मेरो देश’ एकसाथ रिलिज हुनेछ ।’