२ कार्तिक २०८३, सोमबार

प्रेम दिवसका दिन ‘आरम्भ’मा प्रेम कविता वाचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साहित्यिक संस्था ‘आरम्भ’ले प्रेम दिवसका दिन विशेष कार्यक्रम गरेको छ । काठमाडौंमा आयोजित सो कार्यक्रमका सहभागीहरूले प्रेममा केन्द्रित आफ्ना सृजनाहरू प्रस्तुत गरेको आरम्भका अध्यक्ष प्रेम ओली ‘ढकलपुरे’ले जानकारी दिए ।

आफ्नो ६७औँ श्रृङ्गखला अलिक पृथक तरिकाले आरम्भले चलाएको थियो । कार्यक्रममा उपस्थित कवि तथा दर्शकहरूलाई गुलाबको फूल समेत प्रदान गरिएको थियो । आरम्भले नेपाल कला, साहित्य र सृजनाहरूको संरक्षणका लागि प्रत्येक महिना कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा साहित्यमा रुचि राख्नेहरूको उल्लेख्य सहभागिता रहने गरेको छ ।

महिला सहभागीलाई अरम्भका अध्यक्ष ओलीले गुलाबको फूल प्रदान गरे । पुरष सहभागीलाई सुशीला खड्का ‘हसिना’ले प्रदान गरिन् ।

वरिष्ट गजलकार ज्ञानु वाकर, कवि रमेश खकुरेल, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गामनागे, घट्टेकुलो सामुदायिक सेवाका महासचिब लक्ष्मी प्रसाईँ, डिल्लीबजार रोटरी क्लबका अध्यक्ष ईन्द्रशेखर खड्का र कवि मणिराज सिंह अतिथी रहेका थिए ।

स्रष्टाहरूले प्रेममय कबिता, गीत, गजल, मुक्तक सुनाएर दर्शकहरूलाई मनोरञ्जन दिइएको आयोजक ओलीले बताए ।

पूण्य आचार्य, दिल्लीप्रसाद मुलतिहुन, केरा अर्याल, गोपाल नेपाल, टेकबहादुर कोइराला र लीलाधर पाण्डेले हास्यब्यङ्गयमा प्रेम काबिता प्रस्तुत गरेका थिए ।