१ कार्तिक २०८३, आइतबार

लुम्बिनी र इडेन ब्रिज क्वाटरफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । लुम्बिनी र इडेन ब्रिज एकेडेमी सि ड्रिबल्स कप अन्तरविद्यालय छात्रा नकआउट फुटबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चावहिलको गणेशथान चौरमा भएको खेलमा लुम्बिनीले ओडिसीलाई ४–० तथा इडेन ब्रिजले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई १–० गोलले पराजित गरे ।

त्यस्तै पाथिभराले आयोजक दीपिका एकेडेमी ‘नीलो’ लाई ३–०, हाइली क्रिएटिभले आई लेन्सलाई २–०, ब्राइट फ्युचरले ओख्रेनीलाई ३–२, सेतो बंगलाले प्याराडाइसलाई सडन डेथ, छाहारीले आयोजक दीपिका ‘रातो’ लाई १–० तथा नेपालयले ग्लेसियरलाई २–० ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । शनिबारसम्म चल्ने प्रतियोगितामा १६ टिम सहभागी छन् ।