काठमाडौं । त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा तयार गरिएको एउटा फेसनमय परिवेशका वीच पाँच नव प्रवेसी फेसन डिजाइनरहरुले फेसन डिजाइनिङ क्षेत्रमा आफ्नो व्यवसायिक उपस्थितिको पहिलो पाइला सारेका छन् ।
उत्कृष्ट खड्का, वंशी खड्का, रीया महर्जन, सावना बेगम र अनिता लोहनीले सो फेसन कार्यक्रम आफ्नो फेसन सिक्रेटस्लाई सार्वजनिक गरेका हुन् । नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना तथा आशिष पाण्डेको व्यवस्थापनमा संचालन भएको सो कार्यक्रममा उल्लेखीत डिजाइनरहरुले आ आफ्नो एकल कलेक्सनका साथै सामूहिक कलेक्सन गरी ८ वटा सिक्वेन्स मार्फत् आफ्ना सृजनाहरु सार्वजनिक गरेका थिए ।
कालो, खैरो, रातो, येलो अकर, अक्वा ब्लु, पिन्क, ग्रीन आदिका विभिन्न शेड्समा खेलिएका पहिरनहरु मुख्य गरी फिटेड, लुज फिटेड, ए लाइन तथा आवर ग्लास सिलहुट्सको प्रधानता रहेका पहिरनहरुले स्थान पाएको उक्त फेसन कार्यक्रममा अर्गानिक कटन, सिफन, लाइक्रा ब्लेन्ड सिफन, नेट, भेल्भेट, रअ सिल्क, प्रिन्टेड जर्जेट लगायतका फ्याब्रिकहरुले प्राथमिकता पाएको थियो ।
आफ्टर पार्टी झुमेको सो कार्यक्रममा अभिनेत्री वर्षा सिवोकोटी, अभिनेता सिड खरेल, इन्टरनेसनल नेपाली मोडल दीपक घिमिरे र अनिता लिम्बु तथा मोडल एवं संचारकर्मी शुभ आचार्य शो स्टपरका रुपमा ¥याम्प प्रस्तुत भएका थिए ।
कार्यक्रमलाई कलाकार महादेव त्रिपाठी, गायकहरु निर्णय श्रेष्ठ, रवि रिमाल प्रशान्त मिस्ट लगायतका गायकहरुले मनोरञ्जन पूर्ण बनाएका थिए ।















प्रतिक्रिया