वाशिंगटन डीसी । यूवा गायक जगदीश समालको फरक प्रस्तुतिको नयाँ नेपाली पप गीत ‘देउन’ अमेरिकाबाट सार्बजनिक भएको छ ।
अमेरिकाबाट प्रेम दिवस फेब्रुअरी १४, २०१७ तारिखको दिन गायक समालको उक्त नयाँ गीत सार्बजनिक गरिएको हो । गीतको छायांकन अमेरिकामा गरिएको छ ।
उनले झन्डै पाँच वर्षपछि उनको नयाँ गीत आएको हो । शब्द तथा संगीत दावा शेर्पाको रहेको छ भने शेर्पाले झन्डै १ दशक पछि प्रस्तुति गरेका छन । दावा शेर्पा को छम छम, आँशु झारदिन लगायत धेरै गीतमा संगीत दिई सकेका छन् ।
भिडियोमा निर्देशक प्रशन्न पौडेलको क्यामरा तथा निर्देशन रहेको छ । गीतमा अभिन मोडल प्रतिमान विवेक रहेका छन् ।















प्रतिक्रिया