२ कार्तिक २०८३, सोमबार

गायिका कोमल वलीले राजीनामा दिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका कोमल वलीले रेडियो नेपालबाट राजीनामा दिएकी छन् ।

राप्रपामा प्रवेश गरेर सक्रिय राजनीतिमा लागेकी ओलीलाई रेडियोले स्पष्टिकरण सोधेपछि उनले वर्षाै पुरानो जागिर छाड्ने निर्णय गर्दै राजीनामा पत्र बुझाएकी हुन् ।

स्पष्टिकरणका क्रममा उनलाई राजनीति वा जागिरमध्ये एक रोज्नुपर्ने भनेपछि उनले राजनीतिलाई रोजिन् ।

रेडियो नेपालमा अधिकृत स्तर भन्दा माथिल्लो तहका कर्मचारीले राजनीतिमा भाग लिन नपाउने नियम छ । वली अहिले राप्रपाको केन्द्रीय सदस्य हुन् ।