२ कार्तिक २०८३, सोमबार

गायक धनाडीको ‘भेटाइदेउन मेरी मायालु’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, ३ फागुन । सञ्चारकर्मी तथा लोक दोहोरी गायक राजेन्द्र धनाडीको दोस्रो लोक दोहोरी एल्बम ‘भेटाइदेउन मेरी मायालु’ को म्युजिक भिडियो बजारमा आएको छ ।

कुसुम रेकर्डिङ स्टुडियो अत्तरियाबाट रेकर्ड भएको प्रेम बियोगमा आधारित उक्त भिडियोलाई बसन्त फिल्मस प्रा.लि. काठमाडौंले बजारमा ल्याएको हो ।

एल्बममा धनाडीको आफनै लय, शब्द तथा स्वर रहेको छ भने निर्मला खडायतले साथ दिएकी छन् । भिडियोमा मोडेल सुरज रावल र सरगम श्रेष्ठले अभिनय गरेका छन् ।  गायन क्षेत्रमा भर्खरै उदाउँदै गरेका सञ्चारकर्मी तथा गायक धनाडीले यसअघि ‘मेरै दिलमा छौ’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका थिए ।

उनले अझै ‘चोटै चोटको जिन्दगी’, ‘मरे पछी बोल्न पाउदैँन’, ’बाह्रखरी’ जस्ता लोक दोहोरी गीत बजारमा आउने क्रममा रहेको जानकारी दिए ।