२ कार्तिक २०८३, सोमबार

नायिका बेनिशा हमालले किन धोका दिइन राप्रपालाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । पूर्वपञ्चहरूको पार्टी भनेर आरोप लाग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा नायिका बेनिशा हमाल प्रवेश गर्ने भनेर व्यापक प्रचार–प्रसार गरिए पनि अन्तिम समयमा धोका दिएकी छिन् ।

राप्रपाभित्रको आन्तरिक कलह र द्वन्द्वले गर्दा वेनिशा राप्रपामा प्रवेश नगरेकी हुन् । उनलाई राप्रपामा प्रवेश गराउने भनेर फिल्म मेकर एवम् वितरक प्रदीप उदयले कुराकानी गरेका थिए । ‘प्रदीप उदयले बेनिशा हमालसँग कुरा गरेर राप्रपामा प्रवेश गराउने कुरा ठीक्क थियो’, स्रोतले भन्यो, ‘प्रकास सुवेदी ‘भाइरस’का कारण सबै कुरा बिथोलियो ।’

फिल्म मेकर उदयलाई धेरै कलाकारले मन पनि पराउँछन् । उनले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा आफ्नो दरिलो उपस्थिति बनाउँदै आएका छन् ।

सोमबार नयाँबानेश्वरस्थित एक होटलमा कलाकारहरूलाई राप्रपा प्रवेश गराउने कार्यक्रम सुवेदीले राखेका थिए । उनको कार्यक्रमलाई खल्लो बनाउकै लागि राप्रपाभित्र षड्यन्त्र भएको स्रोतको भनाइ छ ।

व्यवस्थापन र आन्तरिक द्वन्द्वले बेनिशासहितका थुप्रै नाम चलेका कलाकार कार्यक्रममा नआएपछि राप्रपाका अध्यक्ष कमल थापा चकित परेका थिए ।

प्रकाश र उदयबीचको व्यक्तिगत टकरावका कारण उदय निकट धेरै कलाकारहरू राप्रपामा प्रवेश नगरेको स्रोतको भनाइ छ । सोमबार पार्टी प्रवेश नगरेका कलाकारहरू केही समयपछि फेरि प्रवेश गर्ने तयारीमा छन् ।

‘कलाकारहरूलाई क–कसले राप्रपामा भित्र्याउने भन्ने विषयमा प्रकाश सुवेदी, प्रदीप उदयबीच टकराव देखियो’, स्रोतले भन्यो, ‘प्रकाश सुवेदीसँग भन्दा धेरै कलाकार र राम्रा कलाकार प्रदीप उदयसँग नजिक छन् । प्रदीप उदयसँग सल्लाह नै नगरेर प्रकाशले कार्यक्रम राखेकाले बेनिशा हमालसहितका नाम चलेका अहिलेका कलाकार आएनन् ।’

हुन पनि सोमबारको पार्टी प्रवेश कार्यक्रममा मदनदास श्रेष्ठ, रविन्द्र खड्का, रामचन्द्र अधिकारी र फिल्म मेकर क्रिशा चौलागाइँबाहेक राम्रा र नाम चलेका कुनै पनि कलाकार देखिएका थिएनन् ।