२ कार्तिक २०८३, सोमबार

कलाकारलाई यसरी नचाउँ छिन् एलिजा प्रधान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कलाकार साथीहरूसँग एलिजा प्रधान(बीचमा)

काठमाडौं । एलिजा प्रधानलाई सानैदेखि नाच्ने रहर थियो । त्यति मात्रै होइन उनलाई ठूलो भएर नाच सिकाउने धोका पनि थियो । यो धोका उनलाई फिल्म ‘मेरो देश’ले जुर्‍याइदियो ।

उदय सापकोटाद्वारा निर्माण गरिएको फिल्म ‘मेरो देश’को एउटा गीतमा उनी आफू पनि नृत्य गर्दै कोरियोग्राफरको जिम्मेवारी निभाएकी छिन् । निर शाह, आयूष रिजाल, निशा अधिकारी, प्रज्वल अधिकारी, ध्रुब कोइराला आदिको भूमिका छ ।

नाम चलेका कलाकारहरू अभिनित फिल्ममा कोरियोग्राफरको जिम्मेवारी निभाउँदा अलिक संकुचन महसुस भएको प्रधानको भनाइ छ । ‘म विद्यालयमा पनि नृत्य सिकाउने गरेकी छु’, उनले भनिन्, ‘नृत्यसँग नजिक रहेकाले फिल्ममा कोरियोग्रफारको काम गर्दा कुनै अप्ठेरो महसुस त भएन । तर, कताकता अप्ठेरो मानिरहेकी थिएँ ।’

सर्लाहीको बागतमीमा बसोबास गर्दै आएकी कोरियोग्राफर प्रधान आफ्नो कामबाट सन्तुष्ट छिन् । भन्छिन्, ‘मेरो देशमा मैले एउटा गीतमा मात्रै कोरियोग्राफरको जिम्मेवारी बहन गरेकी छु । जे गरेकी छु इमान्दारिताका साथ गरेको छु ।’ उदय सापकोटाद्वारा निर्मित ‘मेरो देश’ फागुनको ६ गते अल नेपाल रिलिज हुँदैछ ।

आगामी दिनमा पनि कोरियोग्राफर गरेर आफ्नो फिल्मी यात्रा अगाडि बढाउने उनको योजना छ । ‘नृत्यको क्षेत्रमा लागि सकेकी छु । यसैमा भविष्य खोज्ने छु’, प्रधानले भनिन्, ‘आगामी दिनमा झन् राम्रो गर्नेछु ।’

कलाकारहरूलाई जति सजिलो गरेर नृत्य सिकायो त्यति उत्कृष्टि प्रतिफल आउने उनको विश्वास छ । ‘सरल तरिकाले नृत्य सिकाउनु पर्छ’, प्रधान भन्छिन्, ‘गीतको भावसँग नृत्यको ताल मिल्छु पर्छ ।’