१ कार्तिक २०८३, आइतबार

आदर्श स्कुल तेक्वान्दोमा च्याम्पियन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । आदर्श स्कुलले प्रथम एपेक्स लाइफ अन्तरविद्यालय तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । आदर्श ६ स्वर्ण र ३ कांस्यसाथ टिम च्याम्पियन बन्न सफल भयो ।

आयोजक एपेक्स लाइफ स्कुल दोश्रो भयो । एपेक्सले २ स्वर्ण र ४ कांस्य हात पा¥यो । तेश्रो स्थानमा रहेको कम्युनिकेटिभ स्कुलले १ स्वर्ण र ३ कांस्य हासिल ग-यो ।

एपेक्सका निरञ्जन विष्ट सर्वोकृष्ट खेलाडी घोषित भए । विजेतालाई एपेक्सका प्रिन्सिपल विशाल क्षेत्री, प्रमुख आर्थिक अधिकृत विन्दु न्यौपाने अधिकारी, ईसीए इन्चार्ज प्रेमसुन्दर होनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चावहिलको सरस्वतीस्थित आयोजककै हातामा भएको दुईदिने प्रतियोगितामा विभिन्न १५ विद्यालयका २ सय १० खेलाडीले १४ स्पर्धामा प्रतिस्पर्धा गरेको एपेक्सका तेक्वान्दो प्रशिक्षक विश्वराज राईले जनाएका छन् ।