
धनगढी, २ फागुन । कैलालीको धनगढीस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट गायव भएको करिब २३ लाख रुपैयाँमा बैंककै कर्मचारीको संलग्नता रहेको पाइएको छ ।
बैंकको २२ लाख ७० हजार रुपैयाँ बैंककै कर्मचारी गोविन्द उपाध्यायको भाउजुको घरमा भेटिएको छ । चोरीमा संलग्न भएको भन्दै उपाध्यायलाई प्रहरीले पक्राउ गरेको छ ।
सो रुपैयाँ शुक्रबार बैंकबाटै गायब भएको थियो । शंकाको आधारमा कर्मचारी उपाध्याय र सुरक्षागार्डमाथि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा बैंकका कर्मचारी उपाध्यायले रकम चोरी गरेको स्वीकार गरे ।
उनले चोरी गरेको रकम अत्तरिया नगरपालिका वडा नम्बर १० स्थित लीला जोशीलाई राख्न दिएका थिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक अर्जुन चन्दले जानकारी दिए । बाँकी रकमबारे अनुसन्धान भइरहेको जनाइएको छ ।















प्रतिक्रिया