दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले युवा संगीतकार सन्तोष श्रेष्ठलाई पुरस्कृत गर्ने भएको छ ।
परिषदको जिल्ला शाखामा मनोज बुढाथोकीद्वारा स्थापना गरिएको यज्ञबहादुर बुढाथोकी स्मृति साहित्य, कला संगीत पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको हो ।
पुरस्कार छनौट समितिको शनिबार बसेको बैठकले उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको परिषद् जिल्ला शाखा सचिव तथा छनौट समितिका सदस्य दीपक शर्माले जानकारी दिए ।
शाखा अध्यक्ष कमलमणि देवकोटाको संयोजकत्वमा केशव थापा, छविलाल कोपिला, दीपक शर्मा र शारदा शर्मा सदस्य रहेको पुरस्कार छनौट समिति गठन गरिएको थियो ।
उक्त पुरस्कार परिषद्को यही फागुन १६ गते हुने वार्षिक साधारण सभा तथा जिल्ला अधिवेशनमा प्रदान गरिनेछ ।















प्रतिक्रिया