काठमाडौं । अभिनेता गौरव पहाडी, अभिनेता यसराज गहतराज, मोडल दिक्पाल कार्की, कोरियोग्राफर सुनिता राजभण्डारी लगायतल उत्कृष्ट बाल प्रतिभा खोज्ने भएका छन् ।
‘लिटिल स्टार २०१७’ मा उनीहरुले निर्णायकको भूमिका निर्बाह गरी बालप्र्रतिभा खोज्न लागेका हुन् । जसको प्रारम्भिक चरणको अडिसन शनिबार राजधानीको दरबारमार्गस्थित सि डब्लु रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
अडिसनमा ९० भन्दा बढी बालबालीकाको सहभागिता रहेको थियो । जसमध्य ७० प्रतियोगी अन्तिम स्पर्धाका लागि छनौटमा परेका छन् ।
एनोवेसन इवेन्ट म्यानेजमेन्ट आयोजना र सोविज मिडिया ग्रुपको सहकार्यमा आयोजित प्रतियोगीता बालबालीकाको प्रतिभा निखार्दै उनीहरुलाई सुनौलो भबिस्य निर्माणमा अग्रसर रहन मार्ग निर्देशन गर्ने कार्यक्रमको उदेश्य रहेको आयोजक एनोवेसन इवेन्ट म्यानेजमेन्ट अध्यक्ष महेश केसीले बताए ।
प्रतियोगितामा ७ देखि १४ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको छ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई आगामी चैत १९ गतेबाट बिभिन्न प्रशिक्षणमा सहभागी गराइनेछ ।
प्रशिक्षणमा उनीहरुले क्याटवाक, ब्याक्तित्व बिकाश, गायन ,नृत्य लगायत बिषयमा दक्ष प्रशिक्षकद्धारा ज्ञान हासिल गर्ने आयोजक मध्यको एक सोविज मिडिया ग्रुपका प्रवल गौतले बताए ।
अभिनेता जीवन गिरी, गीता पुरी, रस्मिना भट्टराई र रन्धिर शाह समेतको बिषेश भूमिका रहेको प्रतियोगिताको बिजेताले ट्रफीसहित नगद उपहारका साथमा चलचित्र, बिज्ञापन चलचित्र लगायत बिभिन्न अवसर जिन्त सक्नेछन् । बिभिन्न २० उपशीर्षकमा समेत बिजेता छानिने प्रतियोगिताको फाइनल वैशाख पहिलो साता हुनेछ ।















प्रतिक्रिया