५ मंसिर २०८३, शनिबार

स्थानीय निकाय ट्रेड युनियन आन्दोलित, आफ्नै मन्त्रालय विरुद्ध उत्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ फागुन । स्थानीय मन्त्रालय मार्फत ल्याउन लागिएको गठन आदेश बिरुद्ध स्थानीय निकाय ट्रेड  युनियन संयुक्त समन्वय समितिले आन्दोलन गर्ने भएको छ ।

समितिले आइतबार पत्रकार सम्मेलन गरेर स्थानीय विकास मन्त्रालय र निजामति कर्मचारीले आफूहरूको अहितमा काम गरिरहेको भन्दै भोली (मंगलबार) देखि कार्यालयको नियमित काममा अबरोध गर्ने जनाएको छ ।

स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष हरिकुमार श्रेष्ठले सरकार स्थानीय निकायका कर्मचारीहरूले देश विकासमा खेलेको भूमिकालाई भुलेर संघीयता कार्यान्वयको नाममा अन्यायमा पार्न खोजेको आरोप लगाए ।

उनले माग पूरा नभए सित युद्ध लड्न समेत तयार रहेको चेतावनी दिए । त्यस्तै, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष सुजिन्द्र महर्जनले महालेखाले जहिले पनि बेरुजु देखाउनुको एउटै कारण आर्थिक हिनामाना र कालो दागले काम गर्ने परिपाटी रहेको खुलासा गरेका छन् ।

बिना काम बेरुजु देखाएर महालेखाले अन्यौल सिर्जना गर्ने गरेको उनको आरोप छ । कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोशियशनका अध्यक्ष हिमप्रसाद पौडेलले देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आएपनि स्थानीय कर्मचारीलाई कुनैपनि तन्त्र नआएको टिप्पणि गरे ।