२ कार्तिक २०८३, सोमबार

‘द कलेज एम्बेसडर’मा ४० प्रतियोगी छनौट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । द कलेज एम्बेसडर २०१७ का लागि ४० प्रतियोगी छानिएका छन् । ललितपुर महल ललितपुरमा शनिबार आयोजित अडिसनबाट २० युवा र २० युवती अन्तिम स्पर्धाका लागि छानिन सफल भएका हुन् ।

२००७ बाट सुरु गरेको प्रतियोगीताको यो ९औ संस्करणमा उपत्यकाका बिभिन्न कलेजका करिब ८० भन्दा प्रतियोगीले अडिसन दिएका थिए ।

अभिनेता मनोज आरसी, मेकअप आर्टिस रस्मी श्रेष्ठ, मिस हेरिटेज नेपाल २०१३ तथा फेसन डिजाइनर मञ्जु बन्जारा ढकाल, पत्रकार कुवेर गिरी, ग्रिन आर्ट मिडियाका सिइयो प्रवीण लाकौर निर्णयक रहेको प्रतियोगिता कलेज अध्यायनरत युवा युवतीको प्रतिभा निर्खादै उनीहरुलाई भबिस्य निर्माणमा उचित मार्ग निर्देश गर्न आयोजना हुँदै आएको मिडियाकी निर्देशक अनिला श्रेष्ठले बताइन् ।

छानिएका प्रतियोगीले सोमबारबाट अन्तिम स्पर्धाका लागि समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका बिभिन्न प्रशिक्षणमा लिनेछन् ।

प्रतियोगीताको अन्तिम स्पर्धा फागुन २३ गते जमल स्थित नाचघरमा आयोजना हनेछ । प्रतियोगीले उपाधिका साथमा बिभिन्न अवसर र गिफ्ट उपहारका रुपमा जिन्न सक्नेछन् ।