काठमाडौँ, ३ असोज । नेकपा–माओवादी निकट मानिने विद्यार्थी संगठन अखिल क्रान्तिकारीको एक समूहले माइलस्टोलन स्कूल लगन खेलमा तोडफोड गरेको छ ।
शुक्रबार बिहान करिब नौ बजेको समयमा आएका एक समुहले विद्यालय हातभित्र प्रवेश गरी केही तोडफोड गर्नुका साथै एक थान कम्युटर, टेलिफोन सेट फुटाएको माइलस्टोनका अध्यक्ष डा. विजय पौडेलले जानकारी दिनुभयो ।
पौडेलका अनुसार उनीहरुले विना सूचना विद्यालयमा प्रवेश गरी त्यस्तो तोडफोड गरेका हुन । उनीहरु तोडफोड पछि भागेका थिए । तोडफोडबाट करिब १ लाख वरावरको क्षति भएको विद्यालयले जनाएको छ ।















प्रतिक्रिया