
काठमाडौँ, २९ माघ । नेपाल प्रहरीको प्रमुख बन्ने दौडमा रहेका डीआइजी जयबहादुर चन्द अब अब तन्त्रमन्त्र गर्नेहरुको शरणमा पनि पर्न थालेका छन् ।
चन्द शुक्रबार काठमाडौँको सतुंगलस्थित विन्धबासिनी मन्दिरका नेपाली बाबाको शरणमा पुगेका हुन् । तस्वीरमा बाबाले चन्दलाई माला पहिराइदिएर आर्शिवाद दिएको देखिएको छ । नेपाल प्रहरीको प्रमुखको सम्भवतः आइतबारको मन्त्रिपरिषद् बैठकले नियुक्त गर्नेछ । चार जना डीआइजीहरु प्रहरी प्रमुख बन्नका लागि अनेक उपाय अपनाइरहेका छन् । शक्ति केन्द्रदेखि बाबाजीको शरणमा समेत पुग्न छाडेका छैनन् ।
प्रधानमन्त्री प्रचण्ड रोलक्रममा पहिलो नम्बरमा रहेका नवराज सिलवाललाई प्रहरी प्रमुख बनाउने अडानमा छन् भने काँग्रेस तेस्रो वरियताका जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने पक्षमा छन् । सत्तासाझेदार दलहरुबीचकै गडबढीले प्रहरी महानिरीक्षक को बन्ने भन्ने अन्यौल उत्पन्न भएको छ ।















प्रतिक्रिया