१ कार्तिक २०८३, आइतबार

राजेन्द्र महतोको पार्टीले सरकारलाई दिएको समर्थनमा फिर्ता लिने!

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । सदभावना पार्टीको राष्ट्रिय कार्य समितिको बिस्तारित बैठक वीरगञ्जमा प्रारम्भ भएको छ ।

बैठकले सरकारलाई दिएको समर्थनमा पनि पुनर्विचार गर्ने र मधेस आन्दोलनको समीक्षा, संविधान संशोधन, चुनाव, आगामी आन्दोलन लगायतका बिषयमा ठोस निर्णय लिने बताइएको छ । 

तीन दिन सम्म चल्ने कार्यक्रममा माघ २८ र २९ गते बिस्तारित बैठक र फाल्गुन १ गते बैठकमा सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको महासचिव मनीष सुमनले जानकारी दिए ।

तीन दिनसम्म चल्ने कार्यक्रममा केन्द्रीय कार्य समिति, राष्ट्रिय सल्लाहकार समिति, संसदीय समिति, अनुशासन समिति, केन्द्रीय स्तरको सबै बिभाग, सबै वर्गिय मंचका केन्द्रीय अध्यक्ष, सबै जिल्लाका जिल्ला अध्यक्ष र केही आमन्त्रित पार्टीका सदस्यहरू गरी २५० जनाको सहभागिता रहेको छ ।

वर्गीय मंचहरूको संगठन सम्बन्धी प्रतिवेदन, पार्टी राष्ट्रीय महाधिवेशन, सदभावना पार्टी परिचालन निर्देशिका २०७३, सदभावना पार्टी आर्थिक नियमावली २०७३, पार्टी नियमावलीमा संसोधन, मधेशी ट्रेड यूनियन महासंघ नेपालको संगठन बिस्तार, समसामयिक राजनीतिक परिस्थिति र विविधमा रा का स बिस्तार सम्बन्धी बैठकको प्रमुख एजेण्डा रहेको महासचिव सुमनले बताए ।

तीन बुँदे सहमतिमा सरकारलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समर्थन गरेको भए पनि मधेश आन्दोलन सम्बन्धमा सरकारले अधुरो संबिधान संशोधन बिधेयक संसदमा दर्ता बाहेक केही नगरेको आरोप मोर्चाको छ ।

बैठकले सरकारलाई दिएको समर्थनमा पनि पुनर्बिचार गर्ने बुझिएको छ । साथै बैठकले मधेश आन्दोलन, संविधान संशोधन, चुनाव, आगामी आन्दोलन लगायतको बिषयमा पनि ठोस निर्णय लिने बुझिएको छ ।