२ कार्तिक २०८३, सोमबार

यी हुन् विवाहित महिला सुन्दरीहरू, प्रतिस्पर्धामा २२ जना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा । काभ्रे जिल्लामा पहिलो पटक आयोजना भइरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को फाइनल प्रतिस्पर्धामा २२ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् ।

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को फोटोसुट केही दिन अगाडि धुलिखेलमा सम्पन्न भएको छ ।

आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले फोटोसुटबाट प्रतियोगीहरुले मोड्लिङ फोटोग्राफीसम्वन्धीपनि ज्ञान लिएको बताइन् ।
महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘मिस काभ्रे आइडल –२०१७’को आयोजना गरिएको हो भने ‘मिसेस काभ्रे आइडल –२०१७’को विवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।

फागुन १४ गते पञ्चकन्या ब्याङ्क्वेट बनेपामा हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् । फाइनल कार्यक्रमको लाइभ कास्टमान्डप टेलिभिजनबाट प्रशारण हुनेछ ।