१ कार्तिक २०८३, आइतबार

‘अहिले त बानी परिसकेँ, लाज लाग्दैन’

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

याङ्शु श्रेष्ठ

भरखर ८ वर्ष पूरा गर्दै गरेकी याङ्शु श्रेष्ठले लोकराज अधिकारीको रचना र महेश खड्काको संगीतमा हालै गीत रेकर्ड गराएकी छिन् । ‘यसै पनि म हाँसेको सुहाउँछ भन्छन्, मलाई देख्नेहरू…’ बोलको गीत रेकर्ड गराएकी याङ्शु राम्रो नाँच्ने गर्छिन् । जिल्लास्तरीय थुप्रै नृत्य प्रतियोगिता जितिसकेकी याङ्शुलाई नृत्यका साथै गाउन पनि मन पर्छ । बाबुआमाको साथ पाएकी याङ्शुलाई भविष्यमा राम्रो कलाकार बन्ने इच्छा । पढाएमा पनि अब्बल याङ्शुले ‘नाइ नभन्नु ल ४’ मा पनि अभियन गरिसकेकी छिन् । बालकलाकारका रुपमा अभियन गरेकी उनी अहिले म्युजिक भिडियोहरूमा नृत्य गर्न थालिसकेकी छिन् । ग्ल्यामर्सको क्षेत्रमा प्रवेश गर्दै गरेकी उनै सानी मोडल याङ्शु श्रेष्ठसँग गरिएको कुराकानी :

० तिमलाई कसले धेरै माया गर्नु हुन्छ ?

– बाबा र मम्मी दुबैले

० अलि धेरै कसले गर्छ नि ?

– मम्मीले

० मम्मीले पिट्नु हुन्छ कि पिट्नु हुन्न ?

– पिप्ट्नु हुन्छ ।

० किन पिट्नु हुन्छ ?

– भनेको नमान्दा । गल्ती गर्दा ।

० खानेकुरा के मन पर्छ ?

– स्टबेरी । मम पनि मन पर्छ ।

० कुन तरकारी धेरै मन पर्छ ?

– मासु मन पर्छ । कुखुरा धेरै खाने गरेकी छु ।

० फिल्मका हिरो चिनेकी छौँ ?

– चिन्छु । पल शाह ।

० हिरोइन नि ?

– प्रियंका कार्की । उहाँको नाँच मन पर्छ ।

० पछि ठूलो भर के बन्ने हो ?

– नायिका बन्छु ।

० गायिका कसैलाई चिनेकी छौ ?

– इन्दिरा जोशीलाई चिन्छु । उहाँको गीत राम्रो लाग्छ ।

० हाम्रो देशको राष्ट्रपति को हो थाहा छ ?

– थाहा छ । विद्यादेवी भण्डारी ।

० स्टेजमा नाँच्दा जाल लाग्दैन ?

– शुरुमा लाग्थ्यो । अहिले त बानी परिसकेँ । लाज लाग्दैन ।

० महोत्सवमा नाचेकी छौँ ?

– नाँचेकी छु । थुप्रै महोत्सवहरूमा सहभागी भएकी छु ।

० तिमलाई नाँच्न मन पर्छ कि गाउन ?

– नाँच्न धेरै मन पर्छ । गाउन पनि मन पर्छ ।

० गीत गाएकी पनि रहिछौ । कस्तो गाएकी छौ ?

– हो भरखरै गाएकी हुँ । राम्रो छ ।

० तिम्रो नृत्य हेरेपछि स्कुलमा साथीहरूले के भन्छन् ?

– पहिला पहिला त जिस्काउँथे । अहिले राम्रो भन्छन् । हौसला दिन्छन् ।

० नृत्य प्रतियोगितामा भाग लिएकी छौ ?

– लिएकी छु । गोल्डन आइडल र जिल्लास्तरीय नृत्य प्रतियोगिता जितेको पनि छु ।

० तिमलाई नाँच्न कसले सिकाएको हो ?

– शान्तराज पुन र गम्भीर विष्ट सरले ।

० यति सानो उमेरमा नृत्य गरेर हिँड्दा पढाइ बिग्रँदैन ?

– अहिलेसम्म बिग्रेको छैन । छुटेको कुरा सरहरूले पछि सिकाइदिने गर्नुभएको छ ।

० कति कक्षमा पढ्दै छौ ?

– तीन कक्षामा पढ्छु ।

० स्कुलमा चकचक कत्तिको गर्ने गरेकी छौ ?

– चकचक गर्दिन । बरु अनुशासित विद्यार्थीको पुरस्कार नै पाएकी छु ।