काठमाडौं, २७ माघ । मन्त्रिपरिषदको आकस्मिक बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले ती दुई आयोगहरूको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले दुई वटा आयोगको म्याद थपको प्रस्ताव राख्नुभयो’, उनले भने, ‘अरु कुनै पनि प्रस्ताव आएन ।’
बैठकले आयोगले सिफारिस गरेबमोजिम दुवै आयोगको कार्यकाल म्याद समाप्त भएको मितिले एक वर्ष थप गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरीको महानिरीक्षक नियुक्तका विषयमा भने आजको मन्त्रिपरिषद बैठकमा कुनै पनि छलफल भएन । स्रोतका अनुसार अहिलेका डिआइजीहरूको बढुवा र आइजीपी बनाउने विषयले प्रवेश नपाएको हो ।











प्रतिक्रिया