काठमाडौं, २७ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माइतीघर मण्डलामा फहराएको नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय झण्डा १० दिनमै हराएको छ । अब माइतीघरमा झण्डा फहराउनको लागि प्रयोग भएको डण्डीमात्रै बाँकी छ ।
सहिद दिवसको अवसरमा माघ १६ गते नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।
कहाँ हरायो झण्डा ?
देशभक्त युवा समाजकी प्रवक्ता रेखा शाहका अनुसार झण्डा च्यातिएपछि नयाँ राख्ने गरी मंगलबार त्यहाँबाट हटाइएको हो । समाजका अध्यक्ष नारायणप्रसाद ढुंगानाले नै सो झण्डा हटाएको र शुक्रबार पुन झण्डा फहराइने प्रवक्ता शाहले बताइन् ।
१० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको थियो । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको थियो ।
यो पनि पढ्नुस्:

















प्रतिक्रिया