२ कार्तिक २०८३, सोमबार

भारतीय अभिनेत्री श्रुति पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । भारतकी टेलिभिजन अभिनेत्री श्रुति उल्फत पक्राउ परेकी छन् ।

कोब्रा सर्पसँगको एक भिडियो पोस्ट गरेपछि वन विभागले उनीसहित दुई प्रोडक्सन म्यानेजरलाई बुधबार पक्राउ गरेको हो ।

भारतमा वन्यजन्तुसँग तस्विर तथा भिडियो खिच्नु गैरकानूनी मानिन्छ । श्रुतिले भिडियो नै बनाएपछि उनलाई पक्राउ गरी वन्यजन्तु कानुन अन्तरगत कारवाही गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उल्फतले थुप्रै टिभी सिरियल तथा बलिउड फिल्मका अभिनय गरेकी छन् ।