काठमाडौं, २७ माघ । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल फेरी सक्रिय हुने तयारीमा छ । नेकपा माओबादी केन्द्रको सहायक संगठन यौङ्ग कम्युनिष्ट लीग (वाईसीएल) व्युउताउने तयारी भइरहँँदा युवा संघ पनि सक्रिय हुन लागेको छ ।
युवा संघ सक्रिय हुने तयारी भइरहँदा संघका लेखा समिति सदस्य वकिल बमले वाईसीएलको नाममा गुण्डागर्दी गर्नेहरुको समूह हावी भएकोले यो संगठन व्युताएर अशान्ति मच्चाउने काम हुने दावी गरेका छन् । यसै विषयमा दैनिकले नेपालले उनीसंग कुराकानी गरेको छः
वाईसीएलको नाममा गुण्डागर्दी
देशका विभिन्न ठाउँमा एमाले कार्यकर्ताहरुमाथि साँघातिक आक्रमणहरु भएका छन् । कतिपय साथीहरुको हत्या पनि गरिएको छ । तर, सरकारले आरोपीलाई कार्वाही गर्न सकेको छैन । यसले के देखाउँछ भने, राज्यले नै एमाले कार्यकर्ता तथा युवा संघका कार्यकर्तामाथि आक्रमण गर्न लगाइरहेको छ ।
यो सबै राजनीतिक आडमा भइरहेको छ । यसलाई सरकारले साथ दिइराख्ने र आरोपीलाई कार्वाही नगर्ने हो भने त्यस्तालाई हामी आफै कार्वाही गर्छौ ।
युवा संघ अझै सक्रिय बन्छ
युवा संघ आफैमा एमाले पार्टीको सहयोगी संगठन हो । अब युवा संघ नेपाल समाज रुपान्तरणको जिम्मेवारी काँधमा राखेर सक्रिय हुने तयारीमा छ ।
यसको उद्देश्य भनेको नै पार्टीलाई सहयोग गर्नुको साथै समाज रुपान्तरणमा भूमिका खेल्नु हो । केही समयपछि स्थानीय तह र निकायका निर्वाचनहरु आइरहेका छन् । त्यसमा पनि पार्टीलाई संगठनको ठूलो सहयोग रहनेछ ।
अराजक गतिविधिमा सामेल हुने र गुण्डागर्दी गर्ने भने होइन् । यदि कसैले त्यस्ता गतिविधि गर्छ, उनीहरुलाई राज्यले पनि तह लगाउन सक्दैन भने त्यसको प्रतिरोध पनि गर्छ ।
युवा संघ उद्यमशिलतामा विश्वास गर्छ

युवा संघले नीति नै युवाहरुलाई उद्यमशिलतामा आकर्षित गर्ने हो । संघमा आबद्ध युवाहरु आफ्नो पेशा व्यवसायमा सोमल भएका छन् । जसले गर्दा गुणडागर्दी, चन्दा आतंक गरेर जनतालाई दुःख दिने र आफू मोटाउने अनैतिक कार्यको अन्त्य हुन्छ ।
वाईसीएलको नीति पनि युवाहरुलाई उत्पादनशिल क्षेत्रमा आकर्षित गराउने हुन सक्छ, तर त्यस्तो देखिइरहेको छैन् । अहिले वाईसीएल बाह्य रुपमा खासै सक्रिय भएको नदेखिएपनि भित्रि रुपमा गुण्डागर्दीमै सामेल भएको केही घटनाहरुले देखाउँछ ।
तर, युवा संघले अब युवाहरुलाई थप उत्पादनशिल तथा उद्यमशिल कार्यमा प्रोत्साहन गर्दै लैजाने रणनीति बनाउने तयारी गर्दैछ । केही दिनमा संघलाई सक्रिय बनाइँदै छ ।











प्रतिक्रिया