२ कार्तिक २०८३, सोमबार

कांग्रेसका नेतामाथि खनिइन् नायिका सुष्मा कार्की, अदालत जाने चेतावनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमुख दल नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल साँस्कृतिक संघको हालै भएको दोस्रो महाधिवेशनमा प्रतिनिधिहरूले मत हाल्न नपाएको गुनासो पोखेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा सभापति पदकी उम्मेद्धार सुष्मा कार्कीसहित अन्य प्रतिनिधि र उम्मेद्धाहरुले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अलोकतान्त्रिक काम गरेर आफ्नो अनुहार बिगारेको आरोप लगाए ।

माघ २१ देखि २३ गते हुने भनिएको महाधिवेशन विविध कारणले २५ गतेसम्म सर्दै आएको थियो। निवर्तमान सह–महामन्त्री शुष्मा कार्कीले तोकिएको मिति र समय सिमाभित्र तोकिएको दस्तुर तिरेर आफूले सभापतिको उम्मेद्धारी दिएको बताउँदै पार्टीका नेताले टिके प्रथालाई जबरस्ती लादेर आफ्नो चुनाव लड्ने लोकतान्त्रिक अधिकार खोसेको आरोप लगाईन् ।

कार्कीले भनिन्, ‘म जितेर देखाउन पनि तयार छु, हार्न पनि तयार छु, तर निर्वाचन गर्नुस् भन्दा किन भाग्नु भयो? जहाँसम्म निर्वाचन गरेर आधिकारिक निर्वाचित पदाधिकारी नआएसम्म आफु स्वतः साँस्कृतिक संघको सभापति भएको घोषणा गर्दछु ।’

‘अदालतको ढोका ढकढकाउनेछु’

फरक प्रसँगमा उनले आफुले मतदानको मैदानमा उभिएर प्रतिनिधिको मतलाई निर्वाचनका नियमले अधिकारमा परिणत गर्न नपाएको खण्डमा न्यायिक निकायमा उभिने चेतावनी दिएकी छिन् । उनले अघि थपिन्, ‘पार्टीले यदि मेरो अधिकारलाई सुनिश्चितता गर्दैन भने म कानूनी साहाराको लागि अदालतसम्म जान तयार छु, अदालतको ढोका ढकढकाउनेछु ।’

उनले आफ्नो लागि मात्रै नभएर देशभरिका ७५ वटै जिल्लाबाट आएका प्रतिनिधिहरुले भोट हाल्न पाउनुपर्ने अधिकार सुनिश्चितता गर्नको लागि पनि आफू विधिको लडाईमा होमिएको जनाईन् ।

कार्कीले लोकतान्त्रिक ईतिहास बोकेको माउ पार्टीले अलोकतान्त्रिक निरंकुश शैलीको कम्यूनिष्ट पद्धतिलाई अंगाल्दै नेतृत्व चयन गर्न नहुने दावी गरिन् ।