– निराजन परियार
काठमाडौं । पछिल्लो छोटो समयमा निकै चर्चित र व्यस्त गायिका हुन अनिता चलाउने । ३ वर्षदेखि लगातार कलाकारिता क्षेत्रमा लाग्नुभएकी चलाउने हालसम्म दुई दर्जन जति गित गाइसकेको बताउँछिन् ।
पहिलो आधुनिक गीत ‘जति अघि बढेपनि क्षितिज पारी सर्छु’ मार्फत नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी चलाउनेलाई अहिले दैनिक गीत रेकर्डिङ गर्न र नेपालमा भइरहेका मेला महोत्सवमा जान भ्याइनभ्याइ छ ।
सुन्दर रुप तथा मिठो स्वरकी धनी गायिका चलाउने अहिले गायन क्षेत्रमा निकै चर्चा बटुल्न सफल भइरहेकी छन् । गायिका चलाउनेका धेरै गीतहरु यतिबेला युट्युबमा धेरै भन्दा धेरै भिवर बटुल्न सफल भएका छन् । उहाँ अहिले लोकदोहोरी र आधुनिक गीतहरुमा आवाज दिइरहनुभएको छ । ‘मेरो मायालाई कत्ति सारो सुहायो’, नाँची देउ झिल्क भाँची देउ कम्मर’, ‘झ्प्पै वरीलै’, ‘त्यो डाडा पारी’, ‘टाढा टाढा न जाउँ तिमी माया लाएपछि’ लगायतका गीतहरुले गायिका अनिता चलाउने भनेर चिनाएको उहाँ बताउनुहुन्छ ।
पछिलो समय कलाकारिता क्षेत्रको आकाशमा अनिता चलाउने कुनै नौलो नाम होईन । जन्मथलो बर्दिया भएपनि कर्मथलोको रुपमा काठमाडौंमा रहेर आफ्नो कलाकारिता करिअरलाई निरन्तर अगी बढाइरहनु भएको छ । अहिले म्युजिक भिडियोमा पनि उहाँ आफै मोडलिंग पनि गर्नुहुन्छ । गायिका चलाउने छोटो समयमा नै सबै सामु चिरपरिचित हुदैँ लामो फड्को मार्न सफल भएकी कलाकार भनि रहँदा कुनै दुईमत छैन ।
अहिले उहाँका गीतहरु एकपछि अर्को गर्दै दर्शक र श्रोता माझ अत्याधिक रुचाइएका छन् भने मेला महोत्सव र स्टेज कार्यक्रमहरु लगायत देश बिदेशमा पनि गायिका चलाउनेको माग बढ्दो छ । बर्दियाबाट अध्ययन गर्नका लागि काठमाडौ प्रवेश गर्नुभएकी चलाउने एकाएक कलाकारिता क्षेत्रमा लागेको बताउनुहुन्छ । रेडियो नेपालबाट स्वर परीक्षा पास गरेपछि साथीहरुको हौसल्ला र प्रेरणा संगै आफुले पनि गर्न सक्छु भनेर यो क्षेत्रमा लागेको बताउनुहुन्छ । गायिका हेर्दा राम्री र मिठो स्वरकी धनी चलाउनेलाई धेरै युवाहरुको प्रेम प्रस्ताव आयो, तर उहाँले सबै प्रेम प्रस्तावलाई सामान्य रुपमा लिएको बताउनुहुन्छ ।
बिगतमा कसैको प्रेममा नपरेको बताउने गायिका चलाउने छोटो समयमा नै एकाएक दर्शक, स्रोता र गित संगितको गहिरो प्रेममा परेको धारणा राख्नुहुन्छ । यो प्रेमबाट उम्केर बच्न नसक्ने उहाँको भनाई छ ।
भिडियोः


















प्रतिक्रिया