१३ कार्तिक २०८३, शुक्रबार

पारिबाट यस्तो पो आयो प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २६ माघ । भारतीय गुप्तचर निकायले नेपालका सुरक्षा निकायलाई चीनविरुद्ध प्रयोग गर्न विभिन्न कोशिश गरेको पाइएको छ ।

केही समयअघि विशेष अफर लिएर पश्चिम बंगालबाट भारतीय सेनाका दुई अधिकारी काँकडभिट्टा आएका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

इलाका प्रहरी कार्यालय छिरेका तिनले त्यहाँका इञ्चार्ज डिएसपी दुर्गाराज रेग्मीलाई गोप्य भेट गरे । सरुवा भएर आएको लामो समय नभएकाले सीमा क्षेत्रका सबै कुराको भेउसमेत पाइनसकेका रेग्मीसँग चिनजान र गफगाफ भयो ।

हिन्दी भाषामा पोख्त नभएका रेग्मीले परिचय त गरे तर अरु धेरै कुरा बुझेनन् । खासमा रेग्मीका लागि हिन्दस् भाषामा मसलन्द वा केही चाहिएमा सम्भव भए गाडी लिएर आउन भनिएको र त्यो नभए चाहिनेजति सामान काँकडभिट्टमै ल्याइदिने प्रस्ताव आएको थियो ।