१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेसलाई घरभित्रै करौंती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । आफ्नैले साथ दिन्नन् भन्ने बुझेको भए गृहमन्त्री विमलेन्द्र निधिले सायद यस्तो प्रस्ताव तयार पार्ने थिएनन् होला ।

आफ्नै पार्टीका नेताहरूलाई लाभ पुग्नेगरी भ्रष्टाचार मुद्दा लागेको छ वर्षपछि उम्मेदवार हुन पाउने प्रस्ताव बनाएका थिए । निर्वाचन कसुर तथा सजायँ ऐनमा उनले ल्याएको यस्तो प्रस्ताव कांग्रेस नै लागेर ध्वस्त बनाइएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

निधिलाई जिल्याउनेगरी भ्रष्टाचार मात्रै होइन, कर्तव्य ज्यानमा २० वर्ष वा सोभन्दा बढी सजाय पाएकाले पनि चुनाव लड्न नपाउने प्रावधान घुसाइएको छ ।

निधिको उदार प्रस्तावमा अझ यतिसम्म प्रावधान थपिएको छ कि पाँच वर्षभन्दा बढी जुनसुकै अपराधमा सजाय पाएपनि छ वर्षसम्म चुनाव लड्न पाइने छैन ।

यसबाहेक जातीय विभेद, लिैंगिक हिंसा र बहुविवाहमा पर्नेको हकमा एक दिन मात्रै कैद सजाय पाएकोलाई पनि तीन वर्षसम्म चुनाव लड्न नपाउने प्रावधानसहित निर्वाचन कसुर तथा सजायँ विधेयक पारित भइसकेको छ ।