काठमाडौं, २६ माघ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक संघको अध्यक्षमा तीर्थबहादुर थापा पुनःनिर्वाचन भएका छन् ।
संघको राजधानीमा मंगलबार राति सम्पन्न महाधिवेशनले सहमतिका आधारमा थापालाई पुनः निर्वाचित गरेको हो । थापा कोइराला परिवार निकट मानिन्छन् ।
महाधिवेशनमा थापा अध्यक्षमा दोहोरिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट सांस्कृतिक संघ चिप्लिएको छ । संघको केही पदाधिकारीमा देउवा निकटहरू नियुक्त गरिएको छ ।
सहमतिकै आधारमा वरिष्ठ उपाध्यक्षमा जनार्दन आचार्य चयन भएको निर्देशन समिति सदस्य एवम् कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए ।
संघको महामन्त्रीमा दुर्गा रायमाझी, शिवशंकर रिजाल र रोशनी केसी चयन भएका छन् । संघको महाधिवशेन प्रतिनिधि विवादका कारण निर्वाचन हुन नसकेपछि कांग्रेसले गठन गरेको निर्देशक समितिले मंगलबार सहमतिका आधारमा पाँच जना पदाधिकारीको टुङ्गो लगाएको हो ।
कार्यसमितिका बाँकी ८० पदाधिकारी तथा सदस्यको शीघ्र सहमतिका आधारमा चयन गरिने घिमिरेले जनकारी दिए ।















प्रतिक्रिया