२ कार्तिक २०८३, सोमबार

यी हिरोइनको प्रेममा पागल भएका थिए वरुण धवन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड कलाकार वरुण धवन इन्डस्ट्रीमा चुलबुले बानी भएको व्यक्तिका रुपमा चिनिन्छन् । उनले भर्खरै पनि आफ्नो यस्तै दिलको कुरा खोलेका छन् । एक अन्तरबार्ताका क्रममा उनले आफू १६ वर्षको हुँदा एक वलिउड कलाकारसंगको प्रेममा पागल भएको बताएका छन् ।

उनी कलाकार तथा मोडल लीजा हेडनको मायामा फसेका थिए । जब उनी १६ वर्षकी थिइन्, तब उनले एक पार्टीमा लीजालाई भेटेका थिए । वरुण लीजासंग विहे गर्न चाहन्थे ।

वरुण लीजालाई देख्ने वित्तिकै उनको रुपको पागल भएका थिए । लगत्तै उनले आफ्नो मनको कुरा लीजालाई भनेका थिए । तर, उनी लीजाभन्दा उमेरमा सानै थिए । त्यसैले लीजाले उनको कुरा सन्न चाहिनन् ।

वरुणको कुरा सुनेर लीजा मुस्कुराएकी पनि थिइन् । लीजाले उनलाई एक स्याण्डविच पनि दिएकी थिइन् । वरुणले त्यो आफ्नो पहिलो प्यार भएको तर सबैभन्दा मजाक जस्तो पनि भएको बताए । तर, अहिले उनी नजिकका साथी बनेका छन् ।

अहिले लीजाले डिनो ललवानीसंग विहे पनि गरिसकेकी छन् । छिटै आमा समेत बन्दैछिन् । वरुण धवन पनि छिटै ‘बद्रीनाथको दुल्हनियाँ’ मा देखिने छन् ।