२ कार्तिक २०८३, सोमबार

आफूलाई अंकल भनेपछि सलमानले दिए यस्तो धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेता सलमान खानको फिल्म ‘जुडवा’ को दास्रो भाग ‘जुडवा २’को शुटिङ्ग भएको छ । फिल्मको मुख्य भूमिकामा बरुण धवन, ज्याकलिन फर्नाडिज र तापसी पन्नु छन् । वरुण धवनका पिता डेबिड धवन फिल्मका निर्देशक हुन् । साजिद नाडियाड फिल्म निर्माण गरिरहेका छन् ।

‘जुडवा २’ को शुटिङ्गको पहिलो दिन सेटमा रहेका डेविड, साजिद र वरुणले फिल्मको पहिलो भाग अर्थात ‘जुडवा’संग सम्बन्धित केही कुरा सार्वजनिक गरेका छन् ।

जब ‘जुडवा’ रिलिज भएको थियो बरुण सात वर्षका थिए । उनी सलमान खानलाई सलमान अंकल भन्थे । पहिलो पटक सलमानलाई जब उनले अंकल भने तब उनीदेखि सलमान रिसाएका थिए । उनलाई अंकल नभन्न भन्दै धम्की पनि दिएका थिए ।

एक ट्रायल शो मा बरुण जब सलमान खानको ‘जुडवा’ पहिलो पटक हेर्न गएका त्यहाँ सलमान पनि पुगेका थिए । त्यहाँ उनलाई देख्ने वित्तिकै उनले सलमानलाई सलमान अंकल.. भनेर बोलाएका थिए । बरुणले त्यस्तो भन्दा सलमान निकै रिसाए ।

वरुण भन्छन्– मैले सलमान अंकल भनेपछि उनले मलाइ आफूकहाँ बोलाएर –अबदेखि मलाई अंकल भन्यो भने थप्पड हान्छु…भनेका थिए ।

उनले आफूलाई अंकल भनेमा फिल्म पनि हेर्न आउन नदिने चेतावनी समेत दिएका थिए । त्यसपछि बरुण सलमालाई सलमान भाई भनेर सम्बोधन गर्छन् । ‘जुडवा २’ २९ सेप्टेम्बरमा रिलिज हुने जनाइएको छ ।