१ कार्तिक २०८३, आइतबार

नयाँ खुलासाः महिनामा ३६० किलो सुन तस्करी, एसएसपीलाई १२ लाख कमिशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । सुन तस्करीमा मिलेमतो गरेको अभियोगमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेपछि नयाँ खुलासा भएको छ ।

एसएसपी श्याम खत्रीको गिरफ्तारी र भन्सार अधिकृत श्रीनारायण यादवको बयानबाट महिनामा ३६० किलोसम्म सुन तस्करी हुने गरेको खुलासा भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षागार्डमा तैनाथ खत्रीलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो भने त्यसअघि नै यादव पक्राउ परेका थिए । भन्सार अधिकृत यादवले दिएको बयानकै आधारमा एसएसपी खत्री पक्राउ परेका हुन् ।

अपराध अनुसन्धान व्युरोका अनुसार, हप्ताको ३ पटक ९० केजी अर्थात मासिक ३६० केजीसम्म सुन तस्करी हुने गरेको अनुसन्धानमा देखिएको छ । सुन तस्करीमा सघाएबापत एसएसपीले खत्रीले प्रत्येकपटक १ लाख अर्थात मासिक १२ लाखको दरले कमिशन पाउने गरेको बताइएको छ । त्यो रकम अरु को कोले पाउँथे भन्ने बारे थप अनुसन्धान भइरहेको छ । भन्सार अधिकृत यादवकै बयानका आधारमा प्रहरीले एयरपोर्टमा खटिएका थप सुरक्षाकर्मी र कर्मचारीलाई गिरफ्तारीलाई पनि पक्राउ गर्दैछ । प्रहरीले सुन तस्करीमा संलग्नहरुको गिरोह पत्ता लगाउने कोसिस गरिरहेको छ । तस्करीमा सहयोग गर्ने प्रहरी, भन्सार कर्मचारी र भरिया पक्राउ परे पनि सुन मालिक भने अहिलेसम्म पक्राउ परेका छैनन् ।