२ कार्तिक २०८३, सोमबार

शाहरुख खानलाई झट्काः पाकिस्तानमा फिल्म ‘रईस’माथि प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । अभिनेता शाहरुख खानको फिल्म ‘रईस’माथि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।

मुसलमानलाई गलत तरिकाले ‘चित्रण’ गरेको भन्दै पाकिस्तानी सेन्सर बोर्डले फिल्म प्रदर्शनका लागि अनुमति नदिएको हो ।

आइतबारदेखि प्रदर्शनमा आउने भनिएको फिल्मलाई अन्तिम समयमा मुश्लिम समुदायको अपमान गरेको भन्दै सेन्सर बोर्डका अधिकारीले प्रतिबन्ध लगाउने निर्णय गरेको भारतीय मिडियाले जनाएका छन् ।

यो निर्णयसँगै शाहरुख खान र पाकिस्तानी अभिनेत्री माहिरा खानका फ्यान निराश भएका छन् । फिल्ममा पाकिस्तानी अभिनेत्री माहिराको मुख्य भुमिका रहेको छ ।

यद्यपी शाहरुखको रईससँगै रिलिज भएको ऋतिक रोशनको फिल्म काबिल भने पाकिस्तानमा पनि प्रदर्शनमा आएको छ ।