२ कार्तिक २०८३, सोमबार

अमलाको आरन सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गजलकार अमला अधिकारीको तेस्रो गजल सङ्ग्रह आरन शनिबार राजधानीमा सार्वजनिक गरिएको छ ।

यसअघि गजलकार अधिकारीको अमला (२०६८) र आगो (२०६९) मा प्रकाशित भएका थिए । गजलसङ्ग्रह अमलाले मधुवन वर्ष पुरस्कारसमेत प्राप्त गरेको थियो ।

गजलकार शीतल कादम्बिनी, राबत, बाबु त्रिपाठी, अमला अधिकारी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रुपमा गजल सङ्ग्रह आरन सर्वनाम थियटरमा सार्वजनिक गर्नुभएको हो । शिखा बुक्सले आरन प्रकाशन गरेको हो ।

कार्यक्रममा गजलकार अमलाले छ वटा गजल वाचन गर्नुभएको थियो । गजलकार बाबु बोगटीको रोचक प्रस्तुति रहेको कार्यक्रममा आरनबाट विपीन सलामी र ललित सादाले वाचन गर्नुभएको थियो । कार्यक्रममा गजल सुन्न उपस्थित दर्शकको वान्समोरपछि गजलकार अमलले थप दुई गजल वाचन गर्नुभएको थियो ।

पछिल्लो पुस्ताकी शसक्त गजलकारका रुपमा अमलाको उपस्थिति भएको चर्चा गर्दै गजलकार शीतल कादम्बिनीले भन्नुभयो–“अमलाको आरनमा आगो मात्र होइन आगोको भट्टिनै पाइन्छ । उनको गजल पढ्दा आफैँलाई लोभ लाग्छ ।”

कार्यक्रममा गजलकार राबत, रुपक बनवासीले नेपाली गजलमै शसक्त लेखिकाको उपस्थिति भएको चर्चा गर्नुभयो ।

सिन्धुलीको बाहुनतिल्पुङ–९ की अमला कविता तथा निवन्ध लेखनमा पनि उत्तिकै सशक्त हुनुहुन्छ । गजलकार अमलाले गजल लेखनीबारे चर्चा गर्दै भन्नुभयो–“सहरको साहित्यिक माहौलभन्दा टाढा गाउँमा बस्छु । त्यसैले आपूmलाई सहरको पजेरो होइन गाउँको ठेलागाढासम्मको औकात आँक्नसक्छु । पित्तल नै सहि तर सक्कली पित्तल बन्न चाहन्छु ।”