२ कार्तिक २०८३, सोमबार

मिस तामाङको ताज घिसिङलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशौं संस्करणको ‘मिस तामाङ २०१७’ को उपाधि काठमाडौंका पिंकी घिसिङले जितेकी छिन् ।

२८५३ औँ ज्या सोनामल्होछारको अवसरमा एभरेष्ट फेशनहोम र नेपालतामाङ कला संस्कृति केन्द्रको संयुक्त आयोजनामा भएको थियो । ३४ जना प्रतियोगीहरुलाई पछि पार्दै घिसिङले यस बर्षको ताज जित्न सफल भएकी हुन् ।

शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा भएको सो कार्यक्रममा निर्णायक मण्डलका संयोजक सांसद तथा सिभिलहोमका अध्यक्ष इच्छाराज तामाङले ‘एक जना तामाङकी छोरी नेपालको प्रधानमन्त्रीबन्न सक्छ कि सक्दैन ? किन र कसरी ?’ भन्ने प्रश्न राख्ने क्रममा उत्तर दिर्दै घिसिङ ताज पहिरिन सफल भएकी हुन् । त्यसैगरी काठमाडौंका नावाङ मोक्तानले बेष्ट वाकको अवार्ड सहित फष्टरनरअप जितिन् र धादिङका रिता थिङ मस्ट पपुलरको अवार्ड सहित सेकेण्ड रनरअप भइन् । विजेताले क्रमशंः एक लाख, पचास हजार र पच्चीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।

त्यसैगरी मिस फोटोजेनिक आस्मा मोक्तान, मिस भर्स ट्यालेन्ट श्रीयम थिङ, मिस ब्यूटीफूल गंगा पाख्रिन, मिस अनलाइन सरला ब्लोन, बेष्ट पर्सनालिटी नविना लामा योञ्जन, मस्ट डिसिप्लिन आस्ना स्याङ्दान र बेष्ट हेयरमा कुमारी बज्युले जितेका छन् ।

निर्णायक मण्डलमा संयोजकसहित नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, धनबहादुर तामाङ, राजेश थापा, भुपाल तामाङ, मोक्तान डिजिटलका शम्भु मोक्तान र नायिका छुल्टिम गुरुङ रहेका थिए ।

कार्यक्रममा विशेष अतिथि काठमाडौं महानगरपालीका कार्यकारी प्रमुख रुद्रसिंह तामाङ, अतिथिहरुमा सरोज लामा, सुस्मीता तामाङ हेम मोक्तान, मायालु ङेसुर लगायतका थिए ।

एभेरेष्ट फेसनहोमका निर्देशक रञ्जीता व्लोन लामाका अनुसार यस अघि जेनिशा मोक्तान, उपाली ग्याबाक, समी बज्यु, रोजिना घिसिङ, सुमि मोक्तान, लाक्पा तामाङ, मुनाश्री तामाङ, लक्ष्मी मोक्तान तामाङ र उर्मिला लामा योञ्जनले मिस तामाङको ताज पहिरिसकेका छन् ।

कार्यक्रमको विचविचमा गायक विजय लामा, आसुशेन लामा, संजोक योञ्जन, महादेव त्रिपाठी, दिपेन शाह लगायतका कलाकार र म्हेन्दोमाया समु्हले बेजोड प्रस्तुति दिएका थिए ।