१ कार्तिक २०८३, आइतबार

सुनकाण्डमा यसरी पोल खुल्यो एसएसपी खत्रीको

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन भन्सार छलेर भित्र्याइएको घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् ।

खत्रीलाई केन्द्रीय अनुसनधान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट आज दिउँसो पक्राउ गरेको हो । विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

विमानस्थलको जाँच छलेर गौशाला पुर्याएको अवस्थामा ब्यूरोको टोलीले सो सुनसहित गत पुस २१ गते तीन जनालाई पक्राउ गरेको थियो । सुनसहित मोरङका दिलबन्धु थापा, जनकपुरका सन्तोष काफ्ले र बाँकेका गोपालबहादुर शाही पक्राउ परेका थिए ।

अनुसन्धानकै क्रममा भन्सारका कर्मचारी श्रीनारायण यादव र राज भन्ने राजकुमार ढकाललाई समेत यसअघि प्रहरीले पक्राउ गरिसकेको छ ।

यसरी खुल्यो पोल

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा १४ महिने कार्यकाल बिताएर भर्खरै हेडक्वार्टर तानिएका एसएसपी खत्री विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादवको सूचनाको आधारमा पक्राउ परेका हुन् । यादवले बयानका क्रममा एसएसपी खत्रीको नाम खुलाएका थिए ।

खत्रीको नाम सार्वजनिक भएपछि सिआईबीले उनीमाथि अनुसन्धान थालेको थियो । खत्री र यादवबीच तीन फरक फरक नम्बरबाट प्रत्येक दिन तस्करीको सुन कसरी बाहिर पठाउने भन्नेबारे सम्वाद भएको तथ्य अनुसन्धानमा पाइएको प्रहरी स्रोत बताउँछ ।