१ कार्तिक २०८३, आइतबार

सीके राउतका समर्थकको नागरिकता छानविन गर्न रैथाने मधेसीको माग

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । रैथाने मधेसीले सीके राउत समर्थकको नागरिकता छानविन गर्न माग गरेका छन् । तराई मधेसमा भर्खरै गठन भएको रैथाने एकता परिषद्ले राष्ट्र बिखण्डनका अभियन्ता सीके राउतलाई हदैसम्मको कारवाही गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

मधेसी मोर्चाले अंगीकृत नागरिक नागरिकको स्वार्थका लागि काम गरेको भन्दै गतसाता भूमिपुत्र मधेसीहरुले रैथाने एकता परिषद गठन गरेका थिए ।

आइतबार रैथाने एकता परिषदले सिराहाको लाहान इलाका प्रहरी कार्यालयमा बुझाएको ज्ञापनपत्रमा सीकेको समर्थकको नागरिकता पनि छानविन गरिनुपर्ने माग गरेको छ ।

परिषदका प्रवक्ता पंकज चौधरीसहितको टोलीले प्रहरीलाई बुझाएको ज्ञापनपत्रमा ‘हाम्रा पूर्खाले रगत पसिना बगाएर निर्माण गरेको नेपाल राष्ट्रबिरुद्ध षड्यन्त्रमा सामेल सीके र उनका अनुयायीलाई हामी हदैसम्मको कानुनी कारवाही होस् भन्ने चाहन्छौं’ भनिएको छ ।

परिषदले रैथाने नेपाली देश टुक्य्राउने षड्यन्त्रमा कुनै पनि हालतमा सामेल हुन नसक्ने बताउँदै सीके र उनका अनुयायीको नागरिकताको हैसियतको छानविन गर्न र सार्वजनिक गर्न पनि माग गरेको छ । प्रहरीले सीके राउतलाई माघ २० गते जनकपुरबाट पक्राउ गरेको थियो ।