– सन्तोष यादब
सिरहा, २३ माघ । मधेस विरोधीको छाप लागेपछि मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय गच्छदारलाई मधेसमा भेला गर्न पनि हम्मेहम्मे पर्ने गरेको छ । मधेसका जिल्लामा सभा गर्दा जनता आउन छाडेपछि नाचगानको सहारा लिन थालेका हुन् ।
शनिवार गोलबजारमा फोरम लोकतान्त्रिकले भेलाको आयोजना गर्यो । तर जनता जुट्ने अवस्था भएन् । जसका कारण हतार–हतार नृत्य गर्ने युवतीहरुलाई बोलाए । र नृत्य देखाएर जनता भेला पारे । हुन् त केहि अनपढ गाउँघरकी महिला समेत उनको भेलामा देखा परे । स्रोतका अनुसार विभिन्न प्रलोभन देखाएर गाउँघरबाट ट्याक्टर भाडा गरेर महिलाहरुलाई सभामा ल्याए ।
समाचार नबनाइदिने सर्तमा फोरम लोकतान्त्रिकका एक जिल्ला नेताले रु. ३० हजारमा नृत्य गर्ने महिलाहरुलाई ल्याएर साँस्कृतिक कार्यक्रम गरेको बताए । तर जनता भेलामा जम्मा पार्नलाई यूवती नचाएको हो कि भन्ने प्रश्नमा उनले भने, ‘है, त्यो कुरा छाडौं ।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट अलग भएर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि गच्छदारको पार्टीमाथि मधेस विरोधीको आरोप लाग्यो । मधेसका अधिकांश जिल्लाका नेताहरुले पार्टीबाट राजीनामा दिए । सिरहाका पुरै कार्य समिति नै उनको पार्टीबाट राजीनामा दिए ।
सिरहा गोलबजारका सत्रुधन प्रसाद महतो गच्छदारका विश्वास पात्र मानिन्थ्यो । तर ओलीको सरकारमा गच्छदार पुगेपछि महतो पनि पार्टी छाडे । जसका कारण गच्छदारको फोरम लोकतान्त्रिक सिरहामा कमजोर बन्यो । गच्छदार मधेसको एजेण्डा विर्सेर ओली सरकारमा आफ्नो सत्ताको प्यास मेटाउन गएको मधेसी जनताको आरोप छ ।
संशोधन नभए संविधान कार्यान्वयन हुँदैन्ः गच्छदार
यसैबीच मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संशोधन नभए संविधान कार्यान्वयण नहुने बताएका छन् ।
सभालाई सम्बोधन गर्दै उनले तीन ठूला दल एक ठाउँमा उभिएर संविधान संशोधन गर्नुको विकल्प नभएको बताए । संविधान संशोधन गर्न तीन ठूला दललाई एक ठाउँमा ल्याउन मधेसवादी दलहरुले पहलकदमी लिनुपर्ने बताए । उनले मात्र अगाडी सारेर तथा आन्दोलन मधेसीबादी दलहरुले माग मात्र अघि सार्ने र आन्दोलन गर्दा मात्र समस्याको समाधान नहुने उनले तर्क गरे ।
राजाले गल्ती गर्दा देश छोड्नुपरेको बताउँदै गच्छदारले भने, ‘तीन ठूलो दलले देश विगार्यो । अब उनीहरुले सिंहदरबारको गद्दी छोडनुपर्छ ।’ उपप्रधानमन्त्री समेत भइसकेका गच्छदारले अहिलेसम्म मधेसी र थारु देशको प्रधानमन्त्री बन्न नसकेकोमा दुःख व्यक्त समेत गरे ।
















प्रतिक्रिया