काठमाडौं । ‘जाउँ काली भागेर…’ बोलको गीतमा अभिनय गरेका नायक एवम् फिल्म मेकर करण श्रेष्ठ भन्छन् ‘म्युजिक भिडियोमा अभिनय गर्दाको आनन्द अर्कैछ ।’
थुप्रै फिल्ममा नायक भइसकेका श्रेष्ठ भन्छन्, ‘कला भनेको सानो ठूलो हुँदैन । मन पर्छ भने कला देखाउने क्षमता राख्नु पर्छ ।’
कमेडी फ्लेभर र मायाप्रेमको संयोजनामा निर्माण भएको यो म्युजिक भिडियोले दर्शक स्रोताको मन छुन सक्ने उनको बुझाइ छ । भन्छन्, ‘अलिक नौलो फ्लेभरमा म्युजिक भिडियो भनेको छ ।’
गायिका टीका गुरुङ र गायक सन्तोष प्रगाढको स्वर रहेको ‘जाउँ काली भागेर…’को शब्द र संगीत दीपकराज विश्वकर्माको हो । गीतका एरेञ्जर सन्तोष प्रगाढ नै हुन् ।
सङ्ग्स नेपालले भरखरै यूट्युबमार्फत रिलिज गरेको यो गीतमा मोडलिङमा श्रेष्ठलाई सन्ध्या भट्टराईले साथ दिएकी छिन् ।
म्युजिक भिडियोको निर्देशन सोम कुस्कुमाझीले गरेका हुन् । विज्ञान राइको सम्पादन र एकान्त मगरको छायाँकनमा म्युजिक भिडियो निर्माण भएको हो । ‘जाउँ काली भागेर…’लाई युथ क्रिएसनले बजार पर्वद्धन गरेको छ ।















प्रतिक्रिया