१ कार्तिक २०८३, आइतबार

मधेस बाहुल्य क्षेत्रमै गर्जिए ओली, एकाएक उर्लियो जनसागर (फोटो फिचर)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २२ माघ । केही मधेशवादी दलले एमालेमुक्त मधेस बनाउने उद्घोष गरिरहेका बेला एमालेले आज सुनसरीको इनरुवामा विशाल आमसभा गरेको छ । र, आमसभामा हजारौ मधेसी जनता सहभागी भए ।

मधेसी बाहुल्य क्षेत्रमा एमालेले लगातार विशाल जनसभा गरेको छ । सुनसरीको विभिन्न पाँच ठाउँमा आमसभा गरेको छ । शनिबार इनरुवामा आयोजित सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

बृहत सभालाई सम्बोधन गर्दै ओलीले मधेसी जनताको नाममा राजनीति गर्ने दलहरुले सिन्को नभाँचेको बताए । उल्टै मधेसको समग्र विकासको कार्यक्रम र बजेट ल्याउने एमालेलाई मधेस विरोधी भनी भ्रामक हल्ला फैलाएको उनले आरोप लगाए ।

कसैको इसारामा निर्वाचन टार्ने काम गरे एमालेले प्रतिवाद गर्ने समेत चेतावनी उनले दिए । ‘सरकारले जनतालाई झुक्याएर निर्वाचनको नाटक मात्रै गरेको छ’ ओलीले भने, ‘देशको संविधान कार्यान्वयनलाई खतरामा पार्ने सरकारको कामलाई एमालेले प्रतिवाद गर्छ ।’

चुनाव गर्न नसके सरकार पनि नरहने ठोकुवा गर्दै उनले चुनाव गर्न नसके सरकारको कामै नभएको बताए ।

ओलीले शनिवार इनरुवाको सभालाई सम्बोधन गर्नुअघि जिल्लाको दक्षिणी क्षेत्रका अरु चारस्थानमा सभा गरेको छ । एमाले सुनसरीका सचिवालय सदस्य रामप्रसाद चौंलागाईंले वरिष्ठ नेता माधवकुमार नेपालको उपस्थितिमा हरिपुरा, झलनाथ खनालको उपस्थितिमा रामगञ्ज बेलबसिया, महासचिव ईश्वर पोखरेलको उपस्थितिमा दुहवीमा चारवटा सभा सम्पन्न गरेको जानकारी दिए ।

अध्यक्ष ओलीले शनिबार नै मोरङ र सुनसरीका तीनवटा कार्यक्रमलाई सम्बोधन गरेका थिए ।