– सन्तोष यादब
सिरहा, २२ माघ । लहान क्रिकेट क्लवद्धारा सिरहाको लहानमा आयोजित ‘लहान प्रिमियर लिग २०७३’ ट्वान्टी–ट्वान्टीको उपाधी पूर्वाञ्चल क्रिकेट एकेडमी विराटनगरले जित हात पार्न सफल भएको छ ।
आज भएको फाइनल खेलमा नेपाल पुलिस क्वब काठमाडौंलाई १ विकेटले पराजित गर्दै विराटनगर टिमले जित हात पारेको हो । उपाधी जित्न सफल विराटनगर टिमलाई ट्रफी र नगद रु. १ लाख प्रदान गरियो भने प्रतिद्धन्द्धी पुलिस क्लब काठमाडौंलाई ट्रफी र नगद रु. ५१ हजार प्रदान गरियो ।
टस जितेर ब्याटिङ रोजेका पुलिस क्लब काठमाडौंले सबै विकेट गुमाउंदै १८ ओभर ४ बलमा ९७ रनमा मात्र बनाउन सकेका थिए । जवाफी ब्याटिङमा उत्रेका विराटनगरले ८ विकेट गुमाउदै लक्ष्य हासिल गर्दै जित हात पार्न सफल भएको आयोजकले जनाएको छ ।
८१ रन बनाइसक्दा मात्र ४ विकेट गुमाएका विराटनरले जितका लागि १७ रन बनाउनमै थप ४ विकेट गुमाए । अन्त्यमा विराटनगरले जित्न १ रन र पुलिस क्लव काठमाडौंले जित्न १ विकेट लिनुपर्ने आवश्यक भयो । जसले गर्दा खेल झन रोमाञ्चक बनेको थियो । तर विराटनगरले सहज रुपले अन्तमा चौका प्रहार गरी जित हात पार्न सफल भएका छन् ।
खेलमा म्यान अफ द म्याच र बेष्ट बलर पुलिस क्लब काठमाडौंका रामनरेश गिरी घोषित भएका छन् । यस्तै म्याच अफ द फाइनल र म्यान अफ दिन सिरिज विराटनगर टिमका विधान गौश्वामी घोषित भए भने खेलका बेष्ट ब्याट्सम्यान लहान क्रिकेट क्लबका निरज थापालाई घोषित गरियो ।
















प्रतिक्रिया