१ कार्तिक २०८३, आइतबार

चौथो रारा उदयपुर गोल्डकपको तालिका सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २२ माघ । चौथो रारा उदयपुर गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजानिक गरिएको छ । गोल्डकप मुल आयोजक समितिले थरुहटले आज पत्रकार सम्मेलन मार्फत खेल तालिका सार्वजनिक गरेको हो ।

चौथो संस्कणअन्र्तगत यही माघ २७ देखि सुरु हुने प्रतियोगितामा ‘ए डिभिजन’का ७ वटा क्लब र घरेलु टीम उदयपुर ११ ले प्रतिस्पर्धा गर्ने छ । प्रतियोगितामा पहिलो दिन माघ २७ गते सिएमसी संकटा क्लव काठमाडौं र धरान फुटवल क्लव सुनसरीबीच खेल हुने छ ।

त्यसैगरी दोस्रो खेल माघ २८ गते आयोजक उदयपुर र हार्भेस्ट हिमालयन शेर्पा, तेस्रो खेल २९ गते एपीएफ क्लब काठमाडौं र मोरङ ११ बीच हुनेछ । त्यस्तै, चौथो खेल फागुन १ गते रमपम एफसी झापा र रुपन्देहीबीच हुने जनाइएको छ । प्रतियोगिताको सेमिफाईनल खेल फागुन २ र ३ गते हुने छ भने फाईनल फाल्गुन ५ गते हुने जनाइएको छ ।

प्रतियोगितामा विजेता समुहलाई नगद २ लाख, शिल्ड र प्रमाणपत्र र उपविजेतालाई १ लाख नगद राशी र शिल्ड प्रदान गरिने छ ।

जिल्ला विकास समिति उदयपुर, त्रियुगा नगरपालिकाको सहयोग तथा जिल्ला फुटवल संघ उदयपुरको आयोजनामा गोल्डकप प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।