काठमाडौँ, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफु ६४ वर्ष पुगेको अवसरमा आफ्नी आमाको आशिर्वाद लिनुभएको छ ।
बुधबार उहाँ आफ्नी आमा हिराबेनलाई भेट्न गुजरातको गान्धीनगर जानुभयो ।
प्रधानमन्त्री भएपछि उहाँ पहिलो पटक आफ्नो जन्मदिनमा आमासँग आशिर्वाद लिन जानुभएको हो ।
यस अघि पनि उहाँले जन्मदिनका दिन आफ्नी आमासँग आशिर्वाद लिने गर्नुहुन्थ्यो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार छोरा आएको मौकामा ९५ वर्षीय आमा हिराबेनले प्रधानमन्त्री राहत कोषलाई जम्मु काश्मिरका बाढीपीडितको सहायतार्थ ५ हजार रुपैयाँ दिनुभयो ।
आमाले मोदीलाई उनको स्वास्थ्य र कामबारे सोध्नुभएको थियो ।
मोदीले आमासँग १५ मिठाइ खाएर मिनेट बिताउनुभएको थियो । एजेन्सी













प्रतिक्रिया